0 COMMENTS

बैशाख २६ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले  स्थानीय तहलाइ कसरी समृद्ध वडा तथा नगर बनाउन सकिन्छ   भन्दै अाफ्नाे अबधारणा प्रतीबद्धता पत्र मार्फत जनता संग पुराउने काम गरीरहेका छन ।

यस्तै बुढानीलकष्ठ नगरपालिकाकाे लागी राप्रपाकाे तर्फबाट मेयर पदका उमेदवार सानुकान्छा श्रेष्ठ पनि आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अँगाडी बढाइ रहेका छन् ।नगरकाे बिकाशका लागी अाफ्नाे धारणा सहीत प्रचार प्रशारमा ब्यस्त छन ।

राष्ट्रीय प्रजातन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका प्रतिबद्धतापत्र

आदारणीय आमाबुबा तथा दाजुभाइ दिदिबहिनिहरु !
राजनितिलाई पेशा होईन समाज सेवाको भावले आत्माबाट नै अभिप्रेरित भएर म सानुकान्छा श्रेष्ठ यस बुढानिलकण्ठ नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा राष्ट्रीय प्रजातन्त्र पार्टीको तर्फबाट चुनाव चिन्ह गाई लिएर यहाँहरुको घरदैलोमा उपस्थित भएको छु। बिगतमा पेशाले म निर्माण ब्यबसायी हुँदा पनि मैले मेरो समाजका हरेक विकास निर्माणमा अग्रणी भुमिका निस्वार्थभावले सहभागिता रहेको सबैमा सर्वबिदितै छ। त्यसैको निरन्तरता आज स्थानिय तह निर्वाचनमा सबल र समृद्ध समाज निर्माण, सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली स्थापित गर्न सकृय राजनितिमा होमिएको छु। नेरो अथक मेहनतले आफ्नो घरपरिवार ब्यबस्थित छ यसकारण मैले कुनै अनुचित कार्यबाट आर्थिक लाभ लिनु छैन र समाजमा ब्याप्त भ्रष्टचार निर्मुल पार्नु छ। त्यसका निम्ति सम्पुर्ण नगरवासी तपाईहरुको साथ सहयोगमा आगमी दिनहरुमा बिकास निर्माण, आर्थिक उन्नती, सांस्कृतिक र समाज रुपान्तरणको लागि मेरो उम्मेदवारी हो । म कुरा र भाषणमा भन्दा कर्म र काममा बिश्वास गर्ने ब्यक्ती हूँ। यसकारण यहि बैशाख ३१ गते सम्पन्न हुन गैइरहेको स्थानिय तहको निर्वाचनमा यस बुढानिलकण्ठ नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा राष्ट्रीय प्रजातन्त्र पार्टीको “गाई” चुनाव चिन्हमा हजुरहरुको अमूल्य मत दिई अत्याधिक बहुमतले विजयी गराई दिनु हुन बिनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु।

 

नगरबासीहरूमा मेरा प्रतिबद्धता !

१.नगर का सबै नागरिकहरुलाई सहज र सरल स्वास्थ्य उपचारको ब्यबस्था मिलाईने छ ।

२.सम्पुर्ण नगर बाताबरण मैत्री बनाईने छ ।

३.सरकारी अस्पताल र विध्यालयहरुलाई आधुनिकिरण गर्दै स्वास्थ्य, सिक्षा र खेलकूदलाई स्तरोन्नति गरिने छ । बिध्यार्थि संख्या अनुसार शिक्षक दरबन्दी निर्धारण गरिने छ । सरकारी विद्यालयहरुलाई अपाङ्ग मैत्री बनाउन प्रयाश गरिनेछ।

४. नगरका सडकहरु स्तरिय र जनगुनासो रहित बनाइनेछ।

५.घर घर मा बिजुली र खानेपानी को सुबिधा हुने ब्यबस्था मिलाईने छ । साथै बिजुली आपुर्ति ब्यबस्था मा आधुनिकिकरण गरिने छ ।

६. हरेक नागरिक को लागि सरकारी कामकाज मा सहजता ल्याउन को लागि बिशेष सहयोगी को ब्यबस्था गर्न विशेष प्रयत्न गरिनेछ। ७.सुरक्षा मजबुत बनाउन हरेक वडामा प्रहरी बिट सहित पर्याप्त सुरक्षाकर्मी को ब्यबस्था गरिने छ ।

८. नगर भित्र का अबिभाबक बिहिन बालबालिका र सन्तान बिहिन अशक्त गरिब बाबुआमा र सारिरिक रुपमा अशक्त नागरिकहरुको लागि उनिहरुको सम्पुर्ण अधिकार को लागि उचित संयन्त्रको ब्यबस्था गरिने छ।

९. गरिब, बिपन्न बर्ग को लागि निसुल्क सिक्षा , स्वास्थ को प्रबन्ध मिलाईने छ ।

१०.नगर भित्र रहेका धार्मिक स्थल र सार्बजनिक जग्गा को संरक्षण गरि नगर पर्यटनलाई समेत टेवा पुग्ने गरि सुबिधा सम्पन्न पर्यटकिय स्थल को रुपमा बिकास गरिने छ ।

११.नागरिक बिपद ब्यबस्थापन गृह को निर्माण गरिने छ ।

१२. नगरका विभिन्न कला सस्कृती को जगेर्ना गर्न तथा सामाजिक सद्भाव अभिबृद्दी गर्न बार्सिक रुपमा सास्कृतिक प्रतियोगिता कार्यक्रम गरिने छ ।

१३.खेलकूद बिकास र ब्यबसयिकता को लागि नगरमा रङ्गसाला , खेलकूद विद्यालको निर्माण गरि बार्सिक रुपमा नगर खेलकूद प्रतियोगिता गराईने छ ।

१४.साहित्य बिकास र व्यबसायिकता को लागि नगर साहित्य मन्च को ब्यबस्था गरि विभिन्न साहित्यिक प्रतियोगिता र कार्यक्रम हरु सन्चालन गरिने छ ।

१५. नगरभित्र का उद्योग कलकारखानाको उचित ब्यबस्थापन , सुरक्षा र सुबिधा को लागि पहल गरिने छ ।

१६. नगर भित्र का बजार क्षेत्रको ब्यबस्थापन र स्तरोन्नति गरिने छ ।

१७.युबा उद्यम ,स्वरोजगार , सीप तालिम , सकारात्मक सोच बिकास , एकल महिला र सिमान्तकृत बर्ग समुदायहरु लक्षित विभिन्न कार्यक्रमहरु सन्चालन गरिने छ ।

१८.हरेक वडामा सामाजिक न्यायिक सम्यन्त्र गठन गरिने छ ।

१९. हरेक वडा कार्यालयमा पार्किङ्ग सुबिधा , हरियाली सहित सेवाग्राही मैत्री बनाईने छ ।

२०. प्रत्यक वडामा बालउद्यान र पार्कको ब्यबस्था गरिनेछ।

२१. नगरका युवाहरुलाई दुर्व्यसनि हुनबाट जोगाउन विशेष कार्यक्रमहरु संचालन गरिनेछ।

२२.समग्र मा नागरिक गुनासो रहित खुसी,सुखी र समृद्ध नगर बनाउने प्रयत्न गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।