0 COMMENTS

काठमाडौँ २५ बैशाख ०७४/विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम आज सरकारमा सहभागी हुने भएको छ। पार्टीको आज बसेको बैठकले अध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।

केही दिन अगाडि राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदारलाई सरकारको यात्रा सहज भएको हो। सरकारमा नेपाल लोकतान्त्रिक फोरमले राप्रपाले सम्हालेका मन्त्रालय नै पाउने भएको छ। जसअनुसार गच्छदारले उप तथा स्थानीय विकास मन्त्रालय पाउने छन् भने भूमिसुधार र पर्यटन मन्त्रालय पनि फोरमले सम्हाल्ने छ।

सरकारमा सहभागी हुन सुरुदेखि नै पहल गरे पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गच्छदारलाई सरकारमा लैजान नहुने अडान र मन्त्रालयका विषयमा भागबन्डा नमिल्दा उनी सरकारमा सहभागी भएका थिएनन्। प्रधानन्याधीशमाथि महाअभियोग लगाएको विषयमा असन्तुष्टि जाहेर गर्दै राप्रपा सरकारबाट बाहिरिएको थियो। प्रधानन्याधीश माथि महाअभियोग लगाएको विषयमा असन्तुष्टि जाहेर गर्दै राप्रपा सरकारबाट बाहिरिएको थियो। गच्छदारले आजै सपथ लिने प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।