0 COMMENTS

काठमाडौं२५, वैशाख०७४/ आउँदो रबिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुने भएकाे छ ।

आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।