0 COMMENTS

काठमाडौं२४ वैशाख०७४/ उर्जा मन्त्रालयले सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार नै २ करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको दाबी गरेको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी भारतको सरकारी निकायबाट नेपाल विद्युत प्राधिकरणले लिड बल्ब खरिद गर्न लागेकोले अनियमिताको कुनै सम्भावना नै नरहेको समेत स्पष्ट पारेको छ ।उर्जा मन्त्री जनार्दन शर्माले लिड बल्ब खरिद प्रक्रियामा भष्टाचार भएको छ भन्नेलाई प्रमाण पेश गर्न चुनौती समेत दिए ।

वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले नौ वाटका २ करोड थान लिड बल्ब खरिद गर्न प्राधिकरणलाई सहमति दिएको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ अर्बको लगानीले २ सय मेगावाट विद्युत बचत हुने दाबी गरे । उनले हाल बजारमा पाइने लिड बल्ब कमसल पाइएको र त्यसले विद्युत प्रणालीमा नै समस्या ल्याउने जिकिर पनि गरे ।

प्राधिकरणले उच्च गुणस्तरको न्यून मूल्यमा २ करोड थान लिड बल्ब खरिद गर्न लागेको उनले बताए । यसले मुलुक, प्राधिकरण एवं सर्वसाधारणलाई नै फाइदा पुग्ने उनको दाबी छ ।टेण्डर प्रक्रियामा जाँदा १ वर्ष लाग्ने भएकाले जी टू जी आधारमा खरिद गर्न लागिएको उनले बताए ।

उच्च गुणस्तरको लिड बल्ब बढीमा १ सय ४० रुपैयाँमा खरिद गर्न सकिने प्राधिकरणले जनाएको छ । १० महिनासम्मको किस्ताबन्दीमा समेत खरिद गर्न पाउने व्यवस्था गरिने जनाइएको छ । प्राधिकरणको कुल ग्राहक संख्या करिब ३५ लाख रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।