0 COMMENTS

पथरी२४बैशाख०७४/ माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम नराेकिएपछि पछिल्लाे समय हाेटल सञ्चालकहरूले याेनकर्मी महिलाहरूलार्इ फाेन सेटिङ गरी अवैध याैनधन्दा गराउने गरेकाे पाइएकाे छ ।

इलाका प्रहरी कार्यालय पथरीले अाफ्नाे क्षेत्रका हाेटलहरूमा सादा पाेशाकका प्रहरीहरू परिचालन गरी पथरी बजारस्थित खाेटांगे हाेटलकि सञ्चालिका सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ पक्राउ गरी कानुनी कार्वाही अघि बढाएकाे छ ।

अाफ्नाे क्षेत्रमा हुनेगरेका अवैध यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियंत्रण गर्न प्रहरीले थालेका बिशेष अपरेसन अन्तरगत गत बैशाख २२ गते पथरीबजार स्थित खाेटांगे हाेटलमा छापा मार्ने क्रममा हाेटल सञ्चालिका३४ बर्षिया सुनिता राइ सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ परेका याैनकर्मी महिलाहरूका अनुसार हाेटल सञ्चालिकाले फाेन गरेर बाेलार्इ ग्राहककाे काेठा सम्म पूर्याइदिने गरेकाे प्रहरीकहा बयान दिएका छन । उनिहरू करिब २ बर्षदेखी याैन पेसामा अावद्ध रहेकाे पनि प्रहरीले बताएकाे छ ।

पथरी बजारका हाेटलहरूमा प्रहरीले नियमित चेकजाच गर्न थालेपछि हदै मात्रामा निर्मुल हुदै गएकाे याैन धन्दा पछिल्लाे समय केही हाेटल सञ्चालकहरूकाे फटाइका कारण प्रहरीकाे अभियानले सफलता पाउन नसकेकाे इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख राजन कार्कीले बताए । यता प्रहरी नियन्त्रणमा रहेका याैनकर्मी महिलाहरू समेत फाेनमा हाेटल सञ्चालकहरूले बाेलाएकाे अाधारमा अाउने गरेकाे प्रहरीलार्इ बताएका छन ।

हाेटल सञ्चालक एवम सञ्चालिकाले माेवाइलमा सम्पर्क गरी बाेलाउने र ग्राहकहरूकाे काेठा सम्मै पुर्याइदिने गरेकाे पक्राउ परेका याैनकर्मी महिलाहरूले बताएका छन । बैशाख २२ गते पनि ग्राहकहरूकाे काेठामा लैजाने तयारी गर्दै गरेकाे प्रहरीले सुराकी पाएपछि हाेटल सञ्चालिका सहित ५ याैनकर्मी महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिन सफल भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका हाेटल सञ्चालिका रार्इ र चार याैनकर्मीहरूबिरूद्ध अावस्यक कार्वाहि प्रकृया अघि बढाइउकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।समाचार -पुर्बेली न्युज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।