0 COMMENTS

काठमाडौं२३बैशाख०७४/ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो। यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्। नयाँ पत्रिका दैनिकमा खबर छ।

कसको कति तलब?

महानगरपालिका प्रमुख : ६० हजार

उपप्रमुख : ५० हजार

वडाअध्यक्ष : ३० हजार

उपमहानगरपालिका प्रमुख : ४५ हजार

उपप्रमुख : ४० हजार

वडाअध्यक्ष : २५ हजार

नगरपालिका प्रमुख : ३० हजार

उपप्रमुख : २५ हजार

वडाअध्यक्ष : २० हजार

गाउँपालिका प्रमुख : २५ हजार

उपप्रमुख : २० हजार

वडाअध्यक्ष : १५ हजार

बैठक भत्ता १ हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।