0 COMMENTS

कैलाली, वैशाख २३ । देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा रईजिङ क्रिकेट वुमन काठमाण्डौँ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन ।

अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार विहान भएको खेलमा लगातार दोस्रो जित हात पार्दै रईजिङ अन्तिम चारमा पुगेको छ । वारा क्रिकेट एकेडेमीलाई हराएर समुह वी को विजेता वन्दै राईजिग सेमिफाईनल पुगेको हो ।

यसअघि रईजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले हराएको थियो । यस्तै समुह ए को खेला उपविजेता बन्दै भापा क्रिकेट एकेडेमी पनि अन्तिम चारमा पुगेको हो ।

झापाले कञ्चनपुर क्रिकेट एकेडेमीलाई २८ रनले किनारा लगाएको हो । समुह एक को उप विजेता झापा र समुह वी को विजेता राईजिग क्रिकेट वुमन काठमाण्डौले सोमवार फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन ।

अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा टस जितेर पहिले व्याटिग गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा प्रतियोगिताकै सर्वाधिक वढी २०३ रन बनायो ।

टोलीलाई उच्च स्कोर तर्फ डोराउनका लागि बंगलादेशी खेलाडी सहनाज प्रविणले ९८ रनको उच्च स्कोरको पारी खेलिन् । शतक बनाउनवाट दुई रनले चुकेकी प्रविणले ६१ बलको सामना गर्दै १६ चौका प्रहार गरिन् ।

त्यस्तै अर्की भारतीय खेलाडी साम्पा मुखर्जीले ४८ रन वनाईन । प्रतियोगितामा अहिलेसम्म एक मात्रै छक्का प्रहार गरेकी मुखर्जीले ७ चौका पनि हानिन् ।

उनले २९ वलको सामना गरिन् । टीमका लागि नेरी थापाले पनि १२ वलमा ५ चौकाको मदत्तले २८ रन वनाईन् । राईजिगलाई सर्वा्धिक स्कोर वनाउनका लागि प्रविण र नेरीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन् ।

तेस्रो विकेटका लागि प्रविण र मुखर्जीले १ सय ३ रनको साझेदनरी गरेकी थिईन् । वाराकी रविना विसुन्के र सामना पुनले एक एक विकेट लिईन् । २०४ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको वारा निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ७३ रनमा मात्रै समेटियो । वाराका लागि गीता गोसाईले ३७ रनको उच्च स्कोर बनाईन् ।

उनी वाहेक कुनै पनि खेलाडीले दोहोरो रन अंक स्कोर जोड्न सकेनन् । चार जना खेलाडी शुन्यमा आउट भए । राईजिगका लागि शान्ति खतिवडाले ३ विकेट लिईन । अस्मीना कर्माचार्य नेरी थापा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन् । खेलको वुमन अफ द म्याच हुदै सहनाज प्रविणले नगद ३ हजार हात पारिन् ।शनिवार नै भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई किनारा लगाएर आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले व्याटिगगर्दै मिलन एकेडेमी झापाले निर्धारित२० ओभरमा ६ विकेट क्षतीमा एक सय ४६ रन वनायो । टीमका लागि मान्सी चौधरीले सर्वाधिक ४७ रन बनाईन । ३३ वलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् ।

त्यस्तै रितु जैन र मुस्कान वेगमले १८ रनको योगदान दिईन् । पाचौ विकेटका लागि रितु र रोमा थापाले ५८ रनको तथा रितु र मुस्कानले छैटौ विकेटका लागि ४८ रनको साझेदारी गरिन् । कञ्चनपुरकी डली भटट्ले ३ विकेट लिईन् । मन्जु विष्टले दुई र जानकी भटट्ले १ विकेट लिईन् ।

१ सय ४७ रनको विजय लिएर मैदान उत्र्रिएको कञ्चनपुरले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतीमा ११९ रन मात्रै वनाउन सक्यो । सुरुवाता राम्रो भएपनि मध्यक्रम नचल्दा लगातार दोस्रो हारपछि कञ्चनपुर वाहिरिएको हो ।

कञ्चनपुरका लागि कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि आफ्नो टीमलाई जिताउन सकिनन् । त्यस्तै रेखा रावल र विन्दु रावलले ११–११ रन बनाईन् । झापाका लागि सवनम राई संगीता राई रितु जैन र कविता गौतमले एक एक विकेट लिईन । वुमन अफ द म्याच हुदँै झापाकी रितु जैनले नगद ३ हजार हात पारिन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा समुह बी मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र वारा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन ।

दुवैले पहिलो खेलमा हार व्यहोरेका छन । अव आईतवार विहान हुन दुवै वीचको खेलमा जित हात पार्ने टोली सेमिफाईनल पुग्नेछ । यसअघि नै एपिएफ अन्तिम चारमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।सीताराम ओझा/रेडियो युनिटी ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।