0 COMMENTS

काठमाण्डौ२३बैशाख०७४/ आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ ।

अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको हो ।प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको परीक्षालगायत इजाजतपत्र नवीकरण, प्रतिलिपि उतार, अञ्चलीकरण तथा अन्तर्राष्ट्रिय इजाजतपत्रको नेपालीकरणलगायतका सबै कार्य बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।