0 COMMENTS

काठमाडौँ २३ बैशाख २०७४/ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मार्शलजुलुम शाक्यको ७८ वर्षको उमेरमा निधन भएको छ।

कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंहसँगै राजनीतिमा सक्रिय भएका थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित विपी कोइरालाको नेतृत्वको सरकारलाई कु गरेपछि कोही पनि सडकमा निस्कन नसकेका बेला मार्सलजुलुम शाक्यको नेतृत्वमा पहिलोपटक सडकमा विरोध भएको थियो। त्यही कारण शाक्य १४ वर्षसम्म जेल जीवन बिताउन बाध्य भएका थिए।

२०४६ सालको जन आन्दोलन सुरु हुनुभन्दा दुई वर्षअघि उनले नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापतिको जिम्मेवारी पाएका थिए। जनआन्दोलनका क्रममा उनी केन्द्रीय कार्यसमितिका संयोजक थिए र पक्राउ नपर्ने मध्येका एक नेता थिए।

२०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी भौतिक योजना निर्माण तथा यातायात मन्त्री बनेका थिए।मस्तिष्कघातबाट पीडित शाक्यको ग्रान्डी अस्पतालमा उपचार हुँदै थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।