0 COMMENTS

काठमाडौँ२३ वैशाख०७४/ नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गरेका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिएका छन् ।

हाल परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आएका सापकोटाले पिता स्व रविलाल र माता भानुकलीको स्मृतिमा सो चन्दा दिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिए । आध्यात्मिक क्षेत्रमा रुचि राख्न थालेपछि अहिले आफूले सुखी जीवन बिताइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।