0 COMMENTS

काठमाडौं,२२ वैशाख ०७४/ वैशाख ३१ गते पहिलो चरणमा  ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुनलागेकाे  स्थानीय तहको निर्वाचनकोलागी  नागरिकमा देखियको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न प्रतीक्षारत  छन् भन्ने पुष्टि गरेको छ  । राजनीतीक दलका  नेता, कार्यकर्ता  स्थानीय बासीहरू २० बर्ष पछाडी स्थानीय निर्बाचन हुनलागेकाेमा उत्साहित देखीन्छन । बैशाख ३१मा हुन लागीरहेकाे स्थानिय  तहकाे निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताहरू   अाफ्नाे पार्टीका नेता लार्इ चुनावी मैदानमा कसरी अत्याधिक मतले  जीत हासील गर्ने गराउने भनेतीर लागी परेकाछन ।

 यसरीनै स्थानीय तह चुनावको तिथि नजिकिँदै जाँदा काठमाण्डाै महानगरपालिका संग जाेडीयकाे नगरपालिका बुढानिलकष्ठ नगरपालिकामा पनी  सबैदलका नेता तथा कार्यकर्ता प्रचारमा जुटेका छन् । बुढानिलकष्ठ नगरपालिका अहिले चुनावी माहौल ह्वातैबढेकाे छ ।निर्वाचन अाचारसंहीताका कारण पहीलेकाे जस्ताे भीत्ते लेखन,तथा ठुला ठुला पाेस्टरहरू टास्न नपाइने  लगायत बिभीन्न कुरामा बन्देज लगार्इयका कारण यसपटककाे स्थानीय चुनावमा प्रायः सबै उम्मेदवारले सामाजिक सन्जाललाई प्रचारप्रसारको माध्यम बनाएका छन् । फेशबुकमा देखी ब्यतीगत फ्यानपेजहरूमा  प्रचार प्रशारकाे  भिडियो तथा बिभीन्न नारासहितका फोटो तथा गतिबिधिलाई प्रचारप्रसार गर्दै रात दिन व्यस्त हुन थालेका छन् उम्मेदवारहरु ।

 यसपटककाे चुनावमा कमल थापा र पशुपती शम्सेर राणा ले नेतृत्व गरेकाे दुर्इवटा पार्टी बिचकाे एकीकरणबाट राष्ट्रिय राजनितीमा पनी  शक्तीसाली देखीयकाे दल राष्ट्रिय प्रजातन्त्र पार्टीले   यस पटक  मेयर पदमा बुढानिलकष्ठ  नगरपालिकाकाे चुनीखेलमा  जन्मीहुर्कीयका नगरकाे  बिकाशका लागी मरीहत्ते गर्ने  पार्टीकाे अलावा ब्यक्तीगत रूपमा पनी नगर बासीहरू माझ परीचीत हुनुका साथै  सामाजीक  छवि भएका बिकाश प्रेमी नेता  भनेर नगरमा परीचीत सानुकान्छा श्रेष्ठकाे उमेदवारीले बुनपा नगरपालिकामा  राष्ट्रिय प्रजातन्त्र पार्टी निकै हाैसीनुकाे साथै  स्थानीय चुनाव भएकाे कारण ले गर्दा स्थानीय बासीहरूले हाम्रा भन्दा राम्रा ब्यक्ती चुन्ने भएकाेले  पनी अाफ्नाे   पार्टीकाे उमेदवार लार्इ नगरबासीले  अमुल्य मत प्रदान गरी बीजय गराउने कुरामा ढुक्क रहेकाे कुरा राप्रपाबाट वडानं १० काे अध्यक्षमा उमेदवारी दियका अाइते लामा(सानु भार्इ) ले प्रचार प्रशारकाे क्रममा हामीलाइ  बताए । यस नगरपालिकामा  मेयर पदमा नेका बाट राजु श्रेष्ठ,उप मेयर मा सुभद्रा खड्का , माअाेबादि केन्द्र बाट मेयरमा रबिन अधिकारी, उप मेयरमा हेमा अधिकारी चुनावी मैदानमा रहेका छन ।

राप्रपाका नेता कार्यकर्ताहरू अहीले अन्य पार्टीहरूले जस्तै  मेयर पदका उमेदवार सानुकान्छा श्रेष्ठ , उप मेयर मा महीला सदस्य साबित्रा  के सी लगायतका बुनपाका १३वटै वडा हरूका  वडा अध्यक्ष र सदस्य  हरूलाइ लीयर नगर बिकासकाे लागी अाफ्नाे तथा पार्टीकाे याेजना सहित  नगरबासी हरूकाे घर दैलाे गरीरहेका छन भने घरदैलोमा हिँड्दा चुनावी वातावरण झन् निश्चित जीततिर बढेको कुरा राप्रपाका १० नम्बर  वडाका वडा अध्यक्ष पदका उमेदवार अार्इते लामा (सानु भाइ)ब्यक्त गर्दछन ।[view_video url=”Oq5Bo0QFg10″]

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।