0 COMMENTS

काठमाडौं२२बैशाख २०७४ / भूकम्पबाट अति प्रभावित चार जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ। बिहीबार भएको सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको २१ करोड १६ लाख रुपैयाँ लागतमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लामा टेलिकमले इन्टरनेट सुविधा पुर्‍याउनेछ। उपभोक्ताले दुई वर्षसम्म सो इन्टरनेट निशुल्क प्रयोग गर्न सक्ने सम्झौता भएको छ।

सम्झौतामा प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झा र टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरेकी छन्। सम्झौता अनुसार टेलिकमले यी चार जिल्लामा जिएसएम, सीडीएमए र वाइम्याक्समध्ये सम्भव भएको प्रविधि अनुसार इन्टरनेट उपलब्ध गराउनेछ। औसत ५१२ केबीपीएसको गति हुने उक्त इन्टरनेट जडानका लागि आवश्यक उपकरण र मर्मत टेलिकमले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। ष्रामीण दूरसञ्चार विकास कोषमा रहेको रहेको रकमको सदुपयोग गरेर दूरसञ्ार पूर्वाधार विकास गर्ने उद्देश्यका साथ टेलिकमसँग सम्झौता गरिएको प्राधिकरण अध्यक्ष झाले बताए। गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।