0 COMMENTS

 काठमाडौं २२बैशाख२०७४/ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालकानेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका छन्। आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका चार जना नेतासँग छलफल गरेका थिए। प्रचण्डले सबैभन्दा पहिले राजपाको सहयोग मागेका थिए। सरकार परिवर्तनको करिब १० दिन बाँकी रहँदासमेत सरकार ढल्न सक्ने चिन्ता व्यक्त गर्दै उनले जेठ पहिलो सातासम्म आफ्नो सरकारलाई सहयोग गर्न आग्रह गरे। छलफलमा प्रधानमन्त्रीले भनेका थिए’ संविधान संशोधनका लागि मैले हरसम्भव प्रयास गरेकै हुँ।

अहिले पनि प्रयासरत नै छु जाँदाजाँदै पनि संविधान संशोधन मेरै कार्यकालमा होस् भन्ने चाहेको छु। तर परिस्थितिले साथ दिएको छैन।’ राप्रपाका नेताहरुले संविधान संशोधनमा धोका दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘ तपाईहरुले चाहनुहुन्छ भने म संशोधन पेश गर्न सक्छु तर पारित हुने विश्वास दिलाउन सक्दिन। त्यसकारण अहिले उचित परिस्थितिको खोजीमा छु।’ बुधबार रातिको बैठकमा प्रधानमन्त्रीले बिहीबार नै मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता र बन्दीहरुलाई रिहा गर्ने विश्वास दिलाएका थिए। प्रधानमन्त्री समक्ष राजपाका नेताहरुले भनेका थिए ‘तपाईले प्रयास गर्नुभयो त्यसका लागि धन्यवाद तर संशोधन नभई हामी निर्वाचनमा जान सक्दैनौं भन्ने कुरामा प्रष्ट हुनुस्।’ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै अब आउने सरकारले निश्चय नै संविधान संशोधन गर्ने र मधेसी मोर्चाको बाँकी माग पूरा गर्ने बताए। नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।