0 COMMENTS

वैशाख २१, काठमाडौँ०७४/ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा आज उहाँले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताउनुभयो ।उहाँले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न नहुने भन्दै जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

जेठ १५ गते बजेट आएपछि निर्वाचन हुने आफूहरुलाई मान्य नहुने उहाँको भनाइ थियो ।उहाँले मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम निर्वाचनमा आएकामा खुसी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धता देखिएको बताउनुभयो ।उहाँले लोकतन्त्र, राष्ट्रियता, विकास र सामाजिक रुपान्तरमा मुद्दा एक भएका दलसँग हालेमालो गरी अगाडि बढ्नका लागि ताममेल गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रभात चलाउनेले महासङ्घलाई पत्रकारको साझा संस्थाका रुपमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द चौलागाईंले नवनिर्वाचित अध्यक्ष शन्तराम बिडारीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।यही वैशाख १० गते भएको शाखाको १०औँ अधिवेशनबाट बिडारी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।