0 COMMENTS

काठमाडौं, २१ वैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधीबीच बिहीबार छलफलभएको थियो । छलफलमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिई काममा र्फकन निधिलाईआग्रह गरेका छन् ।
बुधबार राति अबेरसम्म गृहमन्त्रीबारे कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।सोही आग्रह अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरिएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री निधीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।