0 COMMENTS

काठमाडौ२०, वैशाख ०७४ /स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन नेपाली कांग्रेसका १३ जना निर्विरोध निर्वाचित भएका छन् ।नेपाली कांग्रेस स्थानीय निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएको जानकारी अनुसार कांग्रेसका १३ जना अहिलेसम्म निम्न स्थानमा निर्विरोध निर्वाचित भएका छन् ।

.मनाङ जिल्लाको नारफु गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरिङ लामा
.म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा एकबहादुर गर्बुजाद, कुइने मंगले गाउँपालिका वडा नं ८ बाट वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रीति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती
.गोरखा जिल्लाको चुम्नप्री गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा वीरबहादुर लामा तथा वडा नं ३ को वडा अध्यक्षमा पेम्बा रितार र वडा नं . को वडा अध्यक्षमा सोनाम ग्याल्जेन लामा
.सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ को दलित महिला सदस्यमा सुनित सुनार
.दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य ठूली कान्छी विश्वकर्मा
.मकवानपुरको कुलेखानीमा रहेको ईन्द्रसरोबर–गाउँपालिका वडा नम्बर १ को दलित महिला सदस्य लक्ष्मी दमाई, मकवानपुर गढी-१ दलित महिला सदस्य ठूलीमाया विश्वकर्मा, कैलाश गाउँपालिका वडा नम्बर-७ मा दलित महिला सदस्य उद्धवमाया दर्जी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।