0 COMMENTS

काठमाडौं२०, वैशाख ०७४/ नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिकाका उम्मेदवार अपहरणमा परेका छन् । आज साँझ अज्ञात समूहले वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरण गरेको नयाँ शक्तिले जनाएको छ ।

४ जनाको समूहमा रहेका उनीहरुले नयाँबजारबाट गिरीलाई अपहरण गरेका छन् । यसअघि पनि उनलाई फोनमार्फत उम्मेदवारी फिर्ता लिन धम्की आइरहने गरेको नयाँ शक्ति पार्टीलाई जानकारी गराइरहेका थिए ।नयाँ शक्ति पार्टी जित्ने भएपछि विपक्षीहरुले यस्तो चलखेल गरेको हुनसक्ने नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् ।हाल प्रहरीले वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।