0 COMMENTS

काठमाडौं,२० वैशाख०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनको वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको दाबी गरे ।संविधान संशोधनकोबेला सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै यादवले सविधान संशोधन नभइ दोस्रो चरणको निर्वाचन गराउन खोजे त्यो अर्थहीन हुने र पहिलो चरणको निर्वाचनले पनि मान्यता नपाउने बताए ।प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन पनि उनले माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।