0 COMMENTS

रसुवा, २०वैशाख २०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साढे चार लाख रुपैयाँ घुससहित बुधबार रसुवामा दुईजनालाई पक्राउ गरेको छ ।टोलीले चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नौकुन्ड गाउँपालिकाको वडा–१ र २ का वडासचिव राजेन्द्रप्रसाद आचार्य र वडा कार्यालय सहायक लाक्पा तामाङलाई पक्राउ गरेको हो ।

स्थानीय बासिन्दाहरुलाई चीन जानका लागि ‘पास’ बनाइदिने भन्दै चार लाख ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइकुन्ड गाउँपालिका–६ को वडा कार्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।