0 COMMENTS
काठमाडौँ ,२० बैशाख ०७४/पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न  मनोनयन दर्ता सम्पन्न भइसक्दा नेपालकै ठुलाे नगरपालीका भनीएकाे काठमाडौँ  महानगरपालिका संग जाेडीयकाे बुढानिलकण्ठ नगरपालिकाकाे  मेयर पदमा  कसले जित्ला त ? भन्ने कौतुहलता  सबैमा भएको छ । 

बुढानिलकण्ठ नगरपालिकाकाे मुहार फेर्ने बाचासहित अाफ्नाे र पार्टीकाे  घाेषणा पत्र र अाफ्नाे याेजना सहित पार्टीका नेताहरू अाफ्ना पार्टीकाे झण्डा र कार्यकर्ता  सहित अाफुहरूलार्इ भाेट दिन अनुराेध गर्दै जनताकाे  घरदैलाे गर्नथाली सकेका छन । २० बर्ष पछि हुनलागेकाे याे स्थानीय निकायकाे  चुनावमा  राजनीतीपार्टीहरूलाइ  अाफ्ना  उमेदवारकाे टुङ्गाेलगाउन नीकै हम्मे परेकाे थियाे भने निकै कसरतका साथ उमेदवारकाे टुङ्गाे लगाएपनी उमेदवारकाे टिकटमा धेरैकाे दाबेदारी भएकाेले गर्दा अाफु पार्टीकाे मनाेनयनमा नपर्दा टिकट नपाउने हरूभने चीयापसल तथा सामाजीक सन्जालहरूमा अाक्राेस पाेखीरहेकाे देखिन्छ ।

काे काे भीड्दैछन चुनाविकाे मैदान मा ?

नेपाली काङ्ग्रेसः  वुनपामा नेपाली कांग्रेसले युवा नेता राजु श्रेष्ठलाई मेयरकाे  उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसका क्षेत्र नं ४ का सभापतिसमेत रहेका श्रेष्ठ नेपाली काङ्गेसमा पनी सबैले रूचाएका उमेदवार रहेकाछन ।  गएकाे संबिधानसभाकाे चुनावमा क्षेत्रनं ४ मा समानुपातिक तर्फबाट उमेदवार भइसकेका राजु श्रेष्ठ बुढानिलकण्ठ विकास समितिको सदस्य सचिव भएर पनी कामगरेका थीए ।

 नेपाली कांग्रेसले वुनपाको उपमेयरमा सुभद्रा खड्कालाई उम्मेदवार बनाएको छ ।  साविक खड्का भद्रकाली गाविस घर भएकी सुभद्रा खड्का बिभीन्न सामाजीक संस्था लगाएत महीला समुहहरूमा रहेर कार्यगरी रहनुभएका खड्का शिक्षण पेशामा लामो समयदेखि संलग्न बौद्धिक महिला नेतृ हुन् । 

नेकपा एमालेः  नेकपा एमालेले  उद्धव खरेल मेयर पदमा र रमा राई लार्इ उपमेयरमा उम्मेदवार ताेकेकाे छ ।उद्धब खरेल ०५४ सालमा स्थानीए निर्बाचनहुदा गाबिस अध्यक्ष समेत रहेका  अनुभबी, उमेदवारकाे रूपमा चिनीन्छन उनी नगरपालीका बनेपछि केहि समय एमालेकाे तर्फबाट  नगरपालिकाकाे सहजिकरण समितिमा  रहेर कार्यगरेका थीए ।

त्यसैगरी  एमालेले वुनपाकाे उपमेयरमा रमा राईलाई उम्मेदवार बनाएको छ । वुनपा १० कपनकी राई शिक्षण व्यवसायमा संलग्न छिन् । राई परिचित महिला अगुवा तथा बौद्धिक र शालिन नेतृको रुपमा चिनिन्छिन् । 

माअाेबादी केन्द्रःमाअाेबादि  केन्द्रले बुनपा मेयरकाे पदमा रबिन अधिकारी लाइ अगाडी सारेकाे छ । सर्बसहमत  रूपमानै पार्टीले बुनपा नगरपालीकाकाे मेयर पदकालागी  उमेदवारी प्रदान गरेकाे रबिन अधिकारी बुनपा माअाेबादि केन्द्रका प्रभावशाली तथा स्थानीय युवा हरूले पनी रूचायका उमेदवार  हुन  अधिकारी लाइ युवाहरूकाे नीकैनै साथ र सहयाेग रहेकाे देखीन्छ  उनलाइ पार्टी गत मात्र नभएर ब्यक्तीगत रूपमा पनी भाेटजाने सम्भावना बढीनै देखीएकाे छ । विगत अढाई वर्षदेखि वुनपा सहजीकरण समितिमा बसेर काम गरेका रबिन अधिकारी  नीकै सरल र अनुभवी ब्यक्तीत्वकाे रूपमा परीचीत विकासका लागी सकृय नेताका रूपमा पनी परिचित रहेकाछन ।

माओवादी केन्द्रले वुनपा उपमेयरमा हेमा अधिकारी (हाेम कुमारी दुलाल) लाई छानेकाे छ ।सामाजिक क्षेत्र देखी साहीत्य क्षेत्र सम्म  अाफ्नाे छुट्टै छविभयकी हेमा अधिकारी  बिभीन्न सामाजीक संस्था तथा  महीला समुहमा रही सक्रिय समाजसेवामा पनी लागी रहनुभएकाे सामिाजिक अभियान्ता पनी हुन् ।कपन १० मा  परिचित हेमा अधिकारीकाे उपमेयरकाे उमेदवारीले माअाेबादि केन्दलाइ सहयाेग मिल्ने छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीःवुनपाको मेयरमा राप्रपाले सानुकान्छा श्रेष्ठ लाइ उमेदवारी प्रदान गरेकाे छ ।२०३६ साल देखी सक्रीय राजनीतिमा लागी पर्नुभएकाे सानुकान्छा श्रेष्ठ कम बाेल्ने नेता भनेर चिनीन्छन  उनलाइ पार्टीगत भन्दा पनी  सामीजीक अभीयन्ताका रूपमा बुढानिलकष्ठ बासीले चीन्ने गरेदेखीन्छ ।राजनीतीलाइ पेशा बनाउनु हुन्न भन्ने मान्यता राख्ने उनी राजनीतीकाे अलावा एक सफल निर्माण व्यवसायी पनि रहेका छन ।बूढानिलकण्ठ नगरपालिकामा सालीन,स्वच्छ र बिकाश प्रेमी नेता भनेर चीनीएका सानुकान्छा श्रेष्ठ स्थानीय जनताहरू संग सहकार्य गर्दै नगरबासी हरूकाे मनमा बस्न सफल रहेका कुरा  मतदाताहरू  बताउछन । चुनीखेल लगाएत अन्य वडा हरूमा  परीचीत सानुकान्छा श्रेष्ठ राप्रपाकाे तर्फबाट दमदार र प्रभावशाली उमेदवारकाे   रूपमा देखीयकाे छ ।

 राप्रपाले बुढानिलकष्ठ नगरपालिकाकाे   उपमेयरमा सावित्रा खत्रीलाई उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।