0 COMMENTS

२०बैशाख०७४/ नेपालकै ठुलाे नगरपालिका भनेर चिनीएकाे बूढानिलकण्ठ नगरपालिकामा राप्रपाले मेयरमा सानुकान्छा श्रेष्ठ लाई  सर्वसहमत उमेदवारकाे लागी टिकट प्रदान गरेकाे छ ।

काे हुन सानुकान्छा श्रेष्ठ ?

बिक्रम संम्बत २०१७ सालमा जन्मनु भएको सानुकान्छा श्रेष्ठ २०३६ साल देखी सक्रीय राजनीतिमा लागी पर्नुभएकाे हाे हाल वाहा राप्रपाको जिल्ला सदस्य रही राप्रपाकाे  जिल्ला कोषाध्यक्ष हुन । २०७२ साल बैशाख १२ गतेकाे माहा भुकम्पमा भुकम्प पिडित हरूकाे घरघरमानै पुगेर आफ्नो व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै पीडीतकाे दुखमा मलहम लगाउनेकाम लगातार जुटेका थीए ।सानु कान्छा श्रेष्ठ साविक काे वडानं-१५ मा बिभिन्न बिकास निर्माण तथा टाेलबिकाशकाे कार्यहरुमा संलग्न रहि  राजनीती भन्दा पनी सामाजिक अभीयन्ताका रुपमा अझै बढी परिचित छन ।

 सानुकान्छा श्रेष्ठ तत्कालिन सबै गाबिसहरुमा सुमधुर सम्बन्ध भएको बिकाशकाे कार्यमा सधै अहम भूमीका निर्भह गर्दै अाएका सानु कान्छा श्रेष्ट अाफ्नाे नगरबासी लाइ मुख्य प्राथमीकता प्रदानगरी अाफ्नाे याेजना हरूमा धेरैलाइ याेग्यता अनुशार राेजगारी प्रदानगरी रहेका छन, शिक्षा तथा स्वास्थमा अाबश्यता पहिचान गरी सहयाेग गर्ने गरेकाे छन ।

उनलाइ कम बाेल्ने नेता तथा सामीजीक अभीयन्ताकाे रूपमा बढीले चीन्ने गरेका कुरा स्थानीयहरूले बताउछन । राप्रपामा दोश्रो पुस्ताका नेता भनेर पार्टिमा चीनीएका सानुकान्छा कपन र चुनीखेल लाइ जाेडने सडक कपन, चुनिखेल सडक निर्माण कमिटीकाे अध्यक्ष रहेर बिभीन्न बाधा ब्यबधानलाइ पन्छाउदै सडक निर्माणको कार्यमा महत्व पुर्ण भूमिका निर्वाह गरी उक्त सडक खण्ड जोड्दै सीङ्गाे चुनीखेललाइ अाफ्नै ब्यक्तीगत पहलमा माेटर बाटाे पुर्याउन सफल भएकाे कुरा स्थानीयहरू बताउछन भने बुनपा चुनीखेल खण्डमा पुल निर्माण गर्नेक्रममा उपभोक्ता समितीकाे अध्यक्ष रहेर कार्यसम्पन्न गरेका थीए, नौलिङेशोरी भद्रकाली मन्दिर संरक्षण समितीका अध्यक्ष , पिक पोइन्ट स्कूलका संचालक समिती का संस्थापक उपाध्यक्ष रहेका छन ।

सानुकान्छा श्रेष्ठ राजनीतीलाइ पेशा बनाउनु हुन्न भन्ने मान्यता राख्छन र उनी राजनीतीकाे अलावा एक सफल निर्माण व्यवसायी पनि रहेका छन ।बूढानिलकण्ठ नगरपालिकामा सालीन,स्वच्छ र बिकाश प्रेमी नेता भनेर चीनीएका सानुकान्छा श्रेष्ठ स्थानीय जनताहरू संग सहकार्य गर्दै नगरबासी हरूकाे मनमा बस्न सफल रहेका कुरा स्थानीय मतदाताहरू  बताउछन ।

स्वच्छ,सफा,हरावरा नगर बनाउने नगरमा खानेपानी,ढलनीकाश,बाटाेघाटाे,बस्ती ब्यबस्था,शिक्षा स्वास्थ,नगरतथा टाेलबासीकाे सुरक्षाकालागी पार्टि तथा अाफ्नाे याेजना सहीत स्थानीय चुनवमा राप्रपाकाे तर्फबाट बूढानिलकण्ठ नगरपालिकाे मेयरमा प्रतीस्पर्धा गरेका सानु कान्छा श्रेष्ठ अाफुलार्इ जनताले बिस्वास गरी बूढानिलकण्ठ नगरपालिकाकाे मेयरमा बहुमतले बिजयी गराउने अाधार रहेकाे कुरा ब्यक्त गर्दै अाफु नगरबासी प्रती बिस्वस्त  रहेकाे कुरा ब्यक्त गर्दछन ।

बूढानिलकण्ठ नगरपालिकाकाे मेयर मा नेपाली काङ्ग्रेसबाट राजु श्रेष्ठ,माअाेबादि केन्द्र बाट रबिन अधिकारी र नेकपा एमाले बाट उद्धब खरेल चुनाबी मैदानमा भीडेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।