0 COMMENTS

काठमाडौं १९बैशाख ०७४/ नेकपा एमालेले आगामी स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्या सुन्दर शाक्यलाई उठाउने भएको छ ।

एमाले उच्चस्रोतले शाक्यलाई उम्मेद्वारी तोक्ने निर्णय भएको जानकारी दियो ।राप्रपासँग चुनावी तालमेल गर्ने तयारीको कारण शाक्यको नाम औपचारिक रुपमा घोषणा भने हुन बाँकी छ ।पार्टी अध्यक्ष केपी ओलीसहित आज बसेको पार्टीका उच्च नेताहरुको बैठकले शाक्यलाई काठमाडौंको मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

उनी एमालेको काठामाडौं जिल्ला कमिटिका सचिब हुन् । काठमाडौं महानगर पालिकाको वडा नं. २१ को २ पटक वडाअध्यक्ष बनीसकेका शाक्य पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन् ।काठमाडौं महानगरको मेयरका लागि पार्टीभित्र शाक्यसहित गौरी प्रधान, जीबनराम श्रेष्ठ, केशब स्थापितलगायतको नाम चर्चामा थियो । अध्यक्ष ओलीको अडानपछि शाक्यलाई मेयरको उम्मेद्वार बनाइएको हो ।

शाक्यलाई मेयरको उम्मेदवार बनाउने टुंगो लागेको एमालेका एक उच्च नेताले  जानकारी दिए । काठमाडौंको मेयर कसलाई बनाउने भन्ने बारेमा एमालेभित्र तिब्र बिवाद थियो ।यही बिवादको कारण मेयरमा प्रधानको नाम चर्चामा आएको हो । उनले आफूलाई त्यति चासो नभएको र आफ्नो नाममा सबैको सहमति हुन्छ भने उम्मेदवार बन्न तयार रहेको जानकारी पार्टी पंतिलाई दिएका छन् ।

एमाले संसदीय दलमा पार्टी अध्यक्ष ओलीसहित ३ जनाको उम्मेदवार छनोट समिति बनाइएको थियो । सो समितिको निर्णय अनुसार नै शाक्यलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिएको हो ।ओली अध्यक्ष कमिटिमा अष्टलक्ष्मी शाक्य र सानु श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।