0 COMMENTS

वैशाख १८, २०७४- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट फिर्ता भएको छ ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र माओवादी केन्द्र मिलेर प्रजातन्त्रको आधार स्तम्भ नै तोड्ने काम भएको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको राप्रपा प्रवक्ता रोशन कार्कीले जानकारी दिइन् ।

राप्रपाले सरकारबाट बाहिरिने निर्णयसँगै दाहाल सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले बिना छलफल अविश्वासको प्रस्ताव ल्याएको भन्दै राप्रपा असन्तुष्ट थियो ।पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाका चार मन्त्री र एक राज्यमन्त्री थिए ।राप्रपाले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावमा भने समर्थन जनाउने निर्णय गरेको छ ।

अब सरकारको निर्णायक बिजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम बनेको छ । गच्छदारले समर्थन फिर्ता नलिएसम्म सरकार टिकिरहने भएको छ । तर सरकारमा उपप्रधानमन्त्री नबनाएको भन्दै गच्छदार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् । साथै महा-अभियोग प्रकरणमा पनि अहिले सम्म उनको धारणा सार्वजनिक नहुनु ले यसै भन्न सकिने अवस्था रहेको छैन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।