0 COMMENTS

म्याग्दी१८वैशाख २०७४/ अज्ञात समूहले बेनी नगरपालिका,४ भकिम्लीका कांग्रेस इकाई सभापति एवं वडा प्रमुख पदका उम्मेदवार क्या. जसबहादुर पुनको अपहरण गरेको छ ।

प्रहरीले नेकपा (विप्लव समुह)का कार्यकर्ताले अपहरण गरेको आशंकामा खोजी सुरु गरेको जनाएको छ । ‘चुनाव विथोल्न खोज्ने पार्टीका कार्यकर्ताले अपहरण गरेका हुन । हाम्रो टोलीले सर्च गरिरहेको छ’ प्रहरी नायवउपरिक्षक बसुन्धरा खड्काले बताइन् ।

सोमबार विहान ११ बजे मनोनयन पत्रसहित निर्वाचन सामाग्री लिन सदरमुकाम हिंडेका पुन दिउँसो दुई बजे बाटोबाटै अपहरणमा परेका हुन ।

‘हाम्रा बेनी नगरपालिका, ४ का वडाप्रमुख पदका उम्मेदवार दिउँसो दुई बजेबाट सम्पर्क विहिन हुनु भएको छ । साढे दुई बजे फोन सम्पर्कहुँदा आफु असहज अवस्थामा परेको मात्र जानकारी दिनुभयो,’ काग्रेसका प्रचार प्रमुख अजयमिलन श्रेष्ठले भने, ‘हाम्रा उम्मेदवारको सुरक्षा थ्रेट बढेकोले चिन्ता थपिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।