0 COMMENTS

काठमाडौं१८ बैशाख०७४  /प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ ।

कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त भएका गोपाल पराजुली विरुद्ध महाअभियोगको तयारी भएको हो ।यो महाअभियोग अरु कुनै दलले नभई कार्की विरुद्ध महाअभियोग लगाएपछि चर्को विरोधमा उत्रेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको हो ।

एमाले उच्च श्रोतका अनुशार ‘कार्यवाहक प्रधानन्यायाधिश विरुद्ध महाअभियोगको तयारी भइरहेको छ, तर निर्णय भइसकेको छैन । सम्भवत छिट्टै निर्णय हुन्छ ।’

पराजुली विरुद्ध एमालेले नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो । एमाले श्रोत भन्छ, ‘महाअभियोग लगाउनका लागि अभियोग लगाउन त समस्या छैन । केही न केही भइहाल्छ, पुष्टि हुने नहुने पछिको कुरा हो ।’

यस विषयमा एमाले भित्र उच्च तहमा छलफल भइरहेको श्रोतको भनाई छ । यो विषयमा आजको स्थाई कमिटि बैठकमा छलफल हुन्छ त ? भन्ने  प्रस्नमा श्रोत भन्छ, ‘स्थाई कमिटिमा नहुन पनि सक्छ । शिर्ष तहमा छलफल भएको छ ।’
तर एमाले सचिव प्रदिप ज्ञवालीले भने उक्त कुरा अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।