0 COMMENTS

बैशाख १७, काठमाडौँ०७४/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णयप्रति आपत्ती जनाउँदै उपप्रधानमन्त्री निधीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।एक कांग्रेस नेताका अनुसार यस अघिदेखि नै सरकारसँग असन्तुष्ट मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिएको आवेसमा राजिनामा दिएको बताए ।

राजिनामाको बिषयमा गृहमन्त्री निधीले आईजीपी प्रकरण गृहमन्त्रालयसंग जोडिएको र सोही कारण कार्कीलाई महाअभियोग प्रस्ताव गरिएको भन्दै निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिएको बताएका छन् ।प्रधान न्यायाधिस कार्की बिरुद्ध क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग सहित महा अभियोग लगाइएको छ ।कार्की बिरुद्ध महाअभियोगसंगै एकाएक राजनीतिमा खटपट सिर्जना हुँदा निर्वाचन समेत प्रभावित हुने आशंका गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।