0 COMMENTS

काठमाण्डाै१७, वैशाख २०७४/ सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले आइतबार साँझ नै पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै उनी संविधानको प्रावधान अनुरुप स्वत: निलम्बित भएकी थिइन् ।

पदभार ग्रहण गरेसंगै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै कामु प्रधानन्यायाधीश पराजुलीले आफू संविधान र कानुनको पालना गर्न सदैव प्रतिवद्ध रहेको बताए ।उनले प्रधानन्यायाधीश माथि महाअभियोग दर्ता हुनु दुखद भएको प्रतिक्रियासमेत दिए ।

यसैबीच प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनले महाअभियोगको विरोधमा मंगलबार प्रदर्शन गर्ने जनाएको छ । दुवै संगठनले महाअभियोग प्रस्ताव फिर्ता लिन पनि कांग्रेस र माओवादी दललाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।