0 COMMENTS

काठमाडौं, १७ वैशाख ०७४/सत्तापक्षीय दल राप्रपामा फेरी भूइँचालो जाने संकेत देखिएको छ । पार्टी एकिकरणपछि राप्रपामा देखिएको विवाद फेरी सतहमा आएको हो । पार्टी एकिकरणको केही समयमै प्रकाशचन्द्र लोहोनीको समुह यसअघिनै टुक्रिइसकेको छ ।

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्नको लागि पार्टीले ह्वीप जारी गरेको भएपनि राप्रपाका १५ सांसद आज बैठकमै गएनन् । राप्रपाले विशेष कारणले सांसदहरु बैठकमा आउन नसकेको बताइरहेको बेलामा उनीहरु चाहिँ लोहोनीसँगै काठमाडौंको एउटा रिसोर्टमा गोप्य रुपमा भेला भएको तथ्य सार्वजनिक भएको छ ।

लोहोनीको पार्टी एकिकृत राप्रपाका राष्ट्रवादीका नेता तारा लुइँटेलले राप्रपाका १५ सांसदसँग आफूहरुको चलफलमा रहेको जानकारी दिएका छन् । राप्रपाको अन्तरविरोधको सन्दर्भमा अव कसरी चल्ने भनेर छलफल भइरहेको उनले बताए ।

लुईँटेलका अनुसार बैठकमा सीता लुइटेल, राज्यलक्ष्मी देवी श्रेष्ठ विराज विष्ट, रामकुमार शुब्बा, रेशम लामा, बबिना मोक्तान लावती राजेश्वरी शाह, कमला शर्मा, रमेश लामालगायत सहभागि रहेका छन् । उनका अनुसार अरु केही प्रभावशाली केन्द्रीय सदस्य पनि सो छलफलमा सहभागि भइरहेका छन् । स्रोतका अनुसार यी १५ सांसदले संविधान संशोधनको विपक्षमा भोट हाल्ने सम्भावना बढेको छ । उनीहरुले भोट क्रस गरेमा सत्तापक्षीय गठबन्धन संशोधनमा निकै कमजोर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।