0 COMMENTS

काठमाडौं,१६ वैशाख ९७४/ वीरगन्जमा सम्पन्न विशाल स्मृति गोल्डकप फुटबलको उपाधी नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई २-० गोल अन्तरले हराएर आर्मीले उपाधी जितेको हो ।
संकटालाई हराउन आर्मीले खेलको ६८ औँ र ७० औँ मिनेटमा गोल गरेको थियो । आर्मी नव जनजागृती क्लबलाई हराउँदै फाइनल पुगेको हो । संकटलाले फाइनल पुग्न नेपाल पुलिसलाई हराएको थियो । अघिल्लो वर्ष विभिन्न प्रतियोगिताको फाइनलमा तीन पटक भेट भएकोमा तीनै पटक संकटा विजयी भएको थियो । यसपटक भने नतिजा उल्टीएको छ ।आर्मीले जितसँगै पाँच लाख र उपविजेता संकटाले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।