0 COMMENTS

काठमाडौं१६ वैशाख०७४/ सरकारको संविधान संशोधनको दोश्रो विधेयकमाथि ४५ वटा संशोधन प्रस्ताव परेका छन् । संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार शनिबार बेलुकासम्म ४५ वटा संशोधन दर्ता भएका हुन ।

दोश्रो संशोधन विधेयकविरुद्ध संशोधन हाल्न शनिबार राति साढे १० बजेसम्मको समय दिइएको प्रवक्ता शर्माले बताउनुभयो । विधेयक असफल पार्न प्रमुख प्रतिपक्षी दल एमालेले विपक्षी नौ दलीय गठबन्धनसँग मिलेर सबै बुँदामा संशोधन हालेको छ ।
एमाले नेता रेवतीरमण भण्डारीका अनुसार एमालेले नागरिकताका विषयमा विदेशीले आफ्नो नागरिकता त्यागेपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने, सीमांकन हेरफेरका लागि सम्बन्धित प्रदेशले केन्द्रीय सरकारलाई सिफारिस गरेपछि मात्रै आयोग गठन गर्नुपर्ने गरी संशोधन प्रस्ताव पेश गरेको छ ।

मधेसी मोर्चासँग प्रस्तावलाई परिमार्जन गर्ने सहमति गरेको सरकारले अहिलेसम्म संशोधन हालेको छैन । बाँकी ४४ वटा प्रस्ताव साना दलले दर्ता गरेका छन् । सरकारले भने विदेशी नागरिकले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया थालनी गरेमात्रै पनि नेपाली नागरिकता दिन सकिने संशोधन ल्याएको छ । यस्तै सीमांकन हेरफेरका लागि सरकारले नै संघीय आयोग गठन गर्ने प्रस्ताव संशोधन विधेयकमा गरेको छ । तर एमालेले संघीय प्रदेशको सिफारिस र बहुमतबाट मात्रै आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

यस्तै नेपालमा बोलिने मातृभाषाहरुलाई मात्र भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचिमा समावेश गरिने एमालेको माग छ । तर सरकारले नेपालमा बोलिने सबै भाषालाई सरकारी कामकाजी भाषाका रुपमा निर्धारण गरी संविधानको अनुसूचिमा समावेश गर्ने संशोधन ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।