0 COMMENTS

काठमाडौं,१६ वैशाख ०७४/ निर्वाचन आयोगले दुई चुनावको बिचमा बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले दुई वटा चुनावको बिचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचारसंहिता विपरित हुने निर्णय गरेको हो । आयोगले यसअघि आफूसँगको परामर्शमा सरकारले दुई वटा चुनावको बिचमा पनि नीति तथा कार्यक्रम र बजेट ल्याउन पाउने बताएको थियो । आयोगले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको बेलमा सरकारले मधेसी मोर्चासँगको सहमति भन्दै वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो ।
संविधान अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्नेछ । आयोगका सचिव सूर्यप्रसाद शर्माले निकालेको विज्ञप्तिमा वैशाख ३१ गते र जेठ ३१ गते हुने चुनावको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा सरकारबाट बजेट र नीति तथा कार्यक्रम ल्याउनु निर्वाचन आचार संहिता अनुकुल नहुने आयोगले निर्णय गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।