0 COMMENTS

काठमाडौं, १५ बैशाख२०७४/  राजीनामा दिएर आगामी निर्वाचनमा उम्मेदवारीको तयारीमा रहेका सरकारी कर्मचारीहरुले राजीनामा स्वीकृत नभएको खण्डमा उम्मदेवार बन्न पाउने छैनन् ।

निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै संघसंस्थामा आवद्ध व्यक्तिको राजीनामा स्वीकृत नहुँदासम्म उम्मदवार बन्न नपाउने बताएको छ ।

उनीहरुले उम्मेदवारी दर्ता हुनुभन्दा अगाडिनै राजीनामा स्वीकृत हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । स्थानीय तहको निर्वाचनमा निजामति कर्मचारी, संस्थान र शिक्षक लगायत विभिन्न सरकारी पेशामा आवद्धहरुले पनि दलको तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् ।

सरकारी सेवाबाट राजीनामा दिएका व्यक्तिहरुले निर्वाचनमा उम्मेदवारी दिनेबेला राजीनामा स्वीकृत भएको काजजात पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । राजीनामा दिएर प्रक्रियामा गइसक्यो भनेर भन्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।