0 COMMENTS

काठमाण्डाै १४ बैशाख०७४/ नेपालकाे अाफ्नाे अाधिकारीक  राष्ट्रियपाेशाक हुनु पर्याे भन्दै विगत ४ वर्षदेखि राष्ट्रिय पाेशाक स्थापनाका लागी अभीयान चलाइरहेका युवाहरूकाे समूह  श्रद्धावान् नेपाल लगायत  अन्य  संघसंस्थाको आयोजनामा  अाज राजधानीकाे मार्इतीघर मण्डला  बाट नयाँ बानेश्वर सम्म अर्धनग्नभएर  राष्ट्रिय पाेशाक संरक्षण तथा पुर्नस्थापनाकाे लागी सदभाव र्याली  प्रदर्शन गरीयकाे थीयाे ।प्रदर्शनीमा साङ्केतीक बिराेध स्वरूप  सहभागीहरूले हालदेशमा  राष्ट्रिय पाेशाक नभएकाेले देश नाङ्गाे छ तेसैले अाफुहरू पनी नाड्गाे रहेकाे भन्दै  सालकाे पात बेरेर अाफ्नाे लाज ढाक्दै बिभीन्न नारा हरूलेखीएकाे प्लेकार्ड,ब्यानर र राष्ट्रिय झण्डा सहीत   शान्तीपुर्ण रूपमा अाफ्नाे माग प्रस्तुत गरेकाे थीए  ।उक्त शान्ती पुर्ण सदभाव र्यालीकाे  नेतृत्व अायाेजक सस्था श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द मान्डब्यले गरेका थीए ।

  नेपालमा विभिन्न समयमा धेरै आन्दोलन भए तर परिवर्तनका नाममा जति परिवर्तन देखीए ति सबै जनताका लागि सुन्य भन्दा अरु केहि देखीएनन । अझै भनौ भने राष्ट्रिय पोशाक त नेपालमा राणाकाल,पंचायत,बहुदल,राजतन्त्र,गणतन्त्र, लोकतन्त्र हुदै मनपरितन्त्रसम्म आउदाँ कैयौ पटक बस्यो त कैयाैँ पटक हटाईयो तर यसको मुल्यमान्यता र गरिमालाई कहिल्यै मनन गरिएन । पोशाकलाई मात्र शरिर ढाक्ने साधनको रुपमा लिई यस्को उच्चमुल्याङ्कन समेत कहिल्यै भएन ।

२००७ भन्दा अगाडिको त कुरै छाडौ ०३६,०४५,०५७ सम्ममा विभिन्न कारणहरु देखाउदै पोशाको गरिमालाई मर्मस्पर्शि रुपमा राजनैतिक घाउहरु लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा नेकपा माओवादिको सरकार आउनासाथ राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहिन बनाई नाङ्गो ताण्डव नृत्य गर्न लगाईयोे । फलस्वरुप विना पहिचानका नेपाली बनाई विश्व जगतमा परिस्कृत गरियो भन्दै अध्यक्ष राजानन्द मान्डब्यले अाफु हरूले अहीले   गरेकाे याे कार्यक्रम मात्र  सरकारलाइ जनाउ दिने  रहेकाेहुदा  यदि सरकारले याे सम्पुर्ण नेपालीहरूकाे प्रतीतीधीत्व स्वरूप अाफुहरूले गरेकाे मागकाे सम्बाेधन नगरी लाटाे, बहिराे जस्ताे गरेर कानमा तेल हालेजसरी बसीरहेकाे खण्डमा अाफुहरू देश र जनताकाे मागअनुशार  राष्ट्रियपाेशाक स्थापनाकालागी  याे भन्दा पनी शसक्त अान्दाेलन गर्न अाफुहरू तयार रहेकाे कुरा ब्यक्त गर्नु भयाे । [view_video url=”j5U3qhooPp0″]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।