0 COMMENTS

काठमाडौ, १४ वैशाख०७४/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ।

दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेको उनले बताए ।फिर्ता गर्न लागिएको रकम विश्व बैंकलगायत विभिन्न दातृ निकायबाट प्राप्त सहयोग हुन्। खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।