0 COMMENTS

काठमाडौं १३ बैशाख०७४/ सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएसँगै संसद बैठक सुचारू भएको छ। सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा बुधबार भएको छलफलपछि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय तत्काललाई फिर्ता लिने निर्णय भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

अब दलहरुबीच समस्या समाधानका लागि पुन: सहमति गर्ने निर्णयसमेत भएको छ । निर्वाचन घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन जिल्लामा पत्राचार गरेको भन्दै एमालेले बुधबारको संसद बैठक अवरूद्ध पारेको थियो। यो सँगै संसद बैठक सुरू भएको छ। संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।