0 COMMENTS

काठमाडौं१३ वैशाख०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ ।

स्रोतका अनुसार, नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरत्सिंह भण्डारी साँझ ६ बजे लैनचौर पुगेका हुन् । त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाइमा छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित थियो ।

छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरुलाई आग्रह गरेको स्रोतको दाबी छ ।

त्यति मात्रै नभई राजपा नेताहरुले दूतावासभित्रैबाट नयाँदिल्लीमा कन्फरेन्स कलमार्फत संवाद गरेको समेत स्रोतको दाबी छ । दूतावासभित्रको छलफल विषयमा जिज्ञासा राख्दा राजपाका नेता राजकिशोर यादवले भने, ‘पार्टी एकीकरण भएकोमा देशी , विदेशी सबैको शुभेच्छा छ, भारतको मात्रै होइन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।