0 COMMENTS

काठमाण्डाै१२बैशाख०७४/  बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाएकाे  छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएकाे जानकारी गराउनु भयाे। साविक बुनपाका ३ वटा मिलेर बनेको यो वडामा एमालेले राजु अधिकारीको नाममा गरेको सहमतिपूर्ण निर्णय अर्थपूर्ण र प्रभावकारी हुनसक्ने अनुमान गरिएको छ ।

को हुन् राजु अधिकारी ?

२०२७ सालमा काठमाडौं, तत्कालीन कपन ४ मा जन्मिएका अधिकारी २०४३ सालदेखि कपनको एमालेको राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको भ्रातृ संगठन प्ररायुसंघ (हाल युवा संघ नेपाल) बाट राजनीतिक यात्रा शुरु गरेका अधिकारी त्यसपछि युवा संघको क्षेत्रीय कमिटी, विशेष जिल्ला कमिटी हुदै एमाले कपन गाउँ कमिटीमार्फत २०५४ सालमा संगठित सदस्यता प्राप्त गरी एमालेको राजनीतिमा सक्रिय भएका हुने । ०५४ मा नेकपा एमाले समग्र कपन क्षेत्रमा अत्यधिक बहुमतका साथ विजय हासिल गरिरहँदा अधिकारी पनि वडा नं. ४ बाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएका थिए ।

नेकपा एमाले कपन गाउँ कमिटीको सदस्य, दुई कार्यकाल क्षेत्रीय कमिटी सदस्यका रुपमा काम गरिसकेका अधिकारी हाल पनि क्षेत्रीय कमिटीका सदस्य हुन् । पेशाले यातायात व्यवसायी अधिकारी राममन्दिर पुनर्निमाण समितिको अध्यक्ष, ग्राम शिक्षा उच्च मा.वि.को व्यवस्थापन समिति सदस्य, राममन्दिर खानेपानी आयोजनाको सहसचिव, चुनदेवी सेवा समाजको सदस्य, नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिकाको अनुगमन समितिको सदस्यको रुपमा जनताको बीचमा रहेर काम गरिरहेका छन् । यसका साथै अधिकारी उपत्यका स्वयम्भू बस सेवा समितिको कोषाध्यक्ष, महानगर यातायात प्रा.लि.को सञ्चालक समितिको सदस्य, हाम्रो आधुनिक बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्षको रुपमा समेत भट्टराई यस वडामा परिचित छन् । यस अनलाइनसँग कुरा गर्दै अधिकारीले आफ्नाे नेतृत्वको नेकपा एमालेले भौतिक निर्माण, महिला, शिक्षा तथा साहित्य, कला संस्कृति, स्वास्थ्य, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, वातावरण, वडा कार्यालय प्रशासन, पर्यटन लगायतका क्षेत्रमा योजनाहरु बनाएको र चाँडै नै यसलाई वडावासी समक्ष ल्याउने बताउँदै यस वडामा एमालेको विजयको घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

यसका साथै उक्त वडामा नेपाली काँग्रेसबाट अच्युत पौडेलको चर्चा छ भने माओवादी केन्द्रबाट रेवत तिमल्सिनाको नाम घाेषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।