0 COMMENTS

काठमाण्डाै१२बैशाख०७४/ नेपाल पत्रकार महासङ्घका सबैभन्दा ठूलो शाखाको रुपमा रहेको काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिडारी विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा उनि विजयी भएका हुन् ।प्रेस चौतारी नेपालमा आबद्ध बिँडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुन् ।यसैगरी २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिवमा रामशरण माझी र अमीर लामा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित हुुनुभएको छ । चुनावमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको थियो ।
महासंघको घोषित तालिकाभन्दा दुई दिन अवधि बढेको निर्वाचनमा निकै विवाद र होहल्ला भएको थियो । निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षका रुपमा नेपाली कांग्रेस निकट प्रेस यूनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायत गठबन्धन एकातिर र एमाले निकट प्रेस चौतारी र विप्लव निकट पत्रकार विच कडा प्रतिस्पदा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।