0 COMMENTS

काठमाडौं १२बैशाख०७४/बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ। गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन् । त्यसमा रु. ५ सय र १ हजारका नोट छन्। आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ?

सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ । नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन। आजको आर्थिक अभियान दैनिकले खबर छापेको छ।

देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर (अंग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन। सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवज कम हुन्छ।

सक्कली–नक्कलीबीच फरक
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ।
नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ। नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।
सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ।
जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ।
नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ।

यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ।
नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुनु जरुरी छ। सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ। तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन।सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन।बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ।
सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ। यसले नक्कली नोट फालिदिन्छ। यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।