0 COMMENTS

काठमाण्डौ १२ वैशाख०७४/ झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए ।

घिमिरेसहित उनका सहयोगी शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु आचार्य अग्नि, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी परार रहेको प्रहरीले बताएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।