0 COMMENTS

काठमाडौं११ बैशाख०७४/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनका विरुद्धमा अभियान तीब्र पारेपछि विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका हुन् ।

स्थानीयत तहको निर्वाचन अवीकार गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनको विरोधमा अभियान चलाउँदै आएको छ । पर्चा, पम्प्लेटिङ तथा गाउँ गाउँमा सभा सम्मेलन गरी उनीहरुले निर्वाचन बहिष्कार अभियान चलाइरहेका छन् ।

झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनलाई उनीहरुले गाउँ घरमा आफ्नो पार्टी स्थानीय सत्ता कायर्म रहेको दाबी गरेका छन् । निर्वाचनमा भाग नलिन आह्वान गर्दै उनीहरुले देशैभर भण्डाफोर अभियान चलाएका हुन् । निर्वाचन विरोधी अभियान चलाएपछि प्रहरीले विप्लवका कार्यकर्ताहरुमाथि निगरानी बढाएको छ भने अभियानका क्रममा प्रहरीले ठाउँ ठाउँबाट पक्राउ गरेको छ ।

सोमवार मात्रै सुर्खेतबाट विप्लवका दुई दर्जन बढी नेता कार्यकर्ता सुर्खेतबाट पक्राउ परेका छन् । मंगलगढी चोकबाट प्रदर्शन गरी सभा आयोजना गरेपछि प्रहरीले कार्यक्रममाथि हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य हिमाल विक, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, विद्यार्थी संगठनका सुर्खेत जिल्ला संयोजक कमलसिंह बुढा लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबारमात्रै स्याङ्जामा पनि विप्लवका कार्यकर्ताहरु पक्राउ परेका थिए । त्यसअघि चितवन नवलपरासी लगयातका जिल्लामा पनि निर्वाचन विरोधी कार्यक्रम गर्दै गर्दै विप्लवका दर्जनौ कार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।