0 COMMENTS


काठमाण्डाै१०बैशाख०७४/
 नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको उम्मेदवारमा शम्भुप्रसाद भट्टराई सर्वसम्मत भएका छन् । वडा अध्यक्षमा निरञ्जन नेपाल, पुण्यराज पुडासैनी, देवेन्द्र थापा लगायत आकाँक्षी रहेपनि अन्त्यमा सबैले शम्भुप्रसाद भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउन सहमत भएका थिए । सर्वसम्मत उम्मेदवार बनाउन अध्यक्षका आकाँक्षी लगायत जिल्ला सदस्य मीठाराम अधिकारी, क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले लगातार पहल गरेका थिए ।
को हुन् भट्टराई ?
२०२८ सालमा सिन्धुपाल्चोकमा जन्मिएका भट्टराई २०४७ सालदेखि कपनमा बसोबास गर्दै आएका छन् । विद्यार्थीकाल देखि नै एमाले राजनीतिमा सक्रिय भट्टराईले २०४४ सालमा एमाले नेता अमृतकुमार बोहोराबाट पार्टी सदस्य पाएका थिए । नेकपा एमालेको कपन गाउँ कमिटी सदस्य ०५०–०६५, एमाले क्षेत्रीय सदस्य ०६५–०७२, एमाले बूढानीलकण्ठ नगर कमिटी सदस्य २०७३ देखि हालसम्म गरी एमालेको नेतृत्वमा रहेका भट्टराई सामाजिक गतिविधिमा समेत सक्रिय छन् ।
यज्ञमती टोल सुधार समितिको संस्थापक सहसचिव, आदर्शनगर टोल सुधार समितिको उपाध्यक्ष (०५८–०६२) हुँदै ०६२ देखि ०७२ सम्म दुई कार्यकाल अध्यक्षको रुपमा नेतृत्व गरेका भट्टराई बूढानीलकण्ठ नगरपालिकाको तत्कालीन वडा नं. १४ को वडा नागरिक मञ्चको संयोजक (०७१–०७३)को रुपमा समेत नेतृत्व गरिसकेका छन् ।

यसका साथै भट्टराई हाल नेपाल ह्याण्डबल संघ काठमाडौं जिल्ला कार्य समितिको उपाध्यक्ष, लायन्स क्लब अफ काठमाडौं स्वयम्भूको कोषाध्यक्ष, नेपाल भन्सार एजेन्ट संघको कोषाध्यक्ष, कपन साहित्य समाजको सदस्य, काञ्जिरोवा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षको रुपमा समेत भट्टराई यस वडामा परिचित छन् ।
यस अनलाइनसँग कुरा गर्दै भट्टराईले आफु नेतृत्वको नेकपा एमालेले भौतिक निर्माण, महिला, शिक्षा तथा साहित्य, कला संस्कृति, स्वास्थ्य, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, वातावरण, वडा कार्यालय प्रशासन लगायतका क्षेत्रमा योजनाहरु बनाएको र चाँडै नै यसलाई वडावासी समक्ष ल्याउने बताउँदै यस वडामा एमालेको विजयको घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

यसका साथै उक्त वडामा नेपाली काँग्रेसबाट होमनाथ तिमल्सिनाको चर्चा छ भने माओवादी केन्द्रबाट माधव भट्टराईको नाम निश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।