0 COMMENTS

धनगढी ९ बैशाख०७४/ सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहा सन् २०१७ को धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको छ ।
फाइनलमा धनगढीले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १८।१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । धनगढीको ब्याटिङक्रम ध्वस्त बनाउने क्रममा भरीले ४ ओभरमा १ मेडेनसहित १८ रन खर्चेर ३ विकेट लिए भने सौरभ खनाल र शेखले २–२ विकेट लिएका थिए ।

अमित श्रेष्ठले २६ रन बनाउँदै विराटनगरलाई राम्रो शुरुवात दिए पनि अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।अनिल शाह र दीपेन्द्र सिंह ऐरले समान १३ रनको योगदान दिए । कप्तान शरद भेष्वाकर मात्र २ रन बनाएर आउट भए ।

प्रनित थापा मगरले २७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।यसअघि, निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा धनगढीले १५९ रन बनाएको थियो ।धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन तथा अमर रौटेलाले ३१ रन तथा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीको शुरुवात भने राम्रो हुनसकेन ।सुस्त शुरुवात गरेको धनगढीले चौँथो ओभरमा नै चार रनको स्थितिमा दुवै ओपनर गुमाएको थियो ।राजु रिजाल शुन्य रनमा आउट भए भने अर्का ओपनर अनिल मण्डल २ रन बनाएर आउट भए ।

त्यसपछि आएका पृथु वासकोटाले पनि खुलेर खेल्न सकेनन् । उनले २३ बलमा १४ रन बनाएर सन्दीप लामिछानेको बलमा क्याच आउट भए ।त्यसपछि भने कप्तान पार आरिफ शेखले खेल सम्हाले । दुवैले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे ।प्रकाश विष्टको बलमा क्याच आउट हुनअघि उनले ३ चौका र १ छक्का हिर्काउँदै २९ रन बनाए भने ।त्यस्तै जितेन्द्र मुखियाको बलमा अनिल शाहबाट क्याच आउट हुनअघि आरिफ शेखले ४ चौका र ४ छक्का हिकाउँदै ३० बलमा ५४ रन बनाए ।उनलाई ३१ रन बनाउँदै अमर रौटेलाले राम्रो साथ दिए । निकै विस्फोटक व्याटिङ गरेका रौटेलाले ३ चौका र २ छक्का हिर्काए ।

विराटनगरका लागि सुशिल कँडेलले ४ ओभरमा ३२ रन खर्चदै २ विकेट लिए भने सन्दिप लामिछाने र प्रकाश विष्टले १–१ विकेट लिए शुरुमा दुई मेडेन गरेका जितेन्द्र मुखियाले अन्ततः ४ ओभरमा एक विकेट लिँदै ३१ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।