0 COMMENTS

काठमाडौं,९ वैशाख०७४/ सत्तारुढ दल र मधेसी मोर्चाबिच तीन बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चा आन्दोलन फिर्ता लिएर चुनावमा सहभागी हुने भएको छ ।
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमबिच शुक्रबार दुईपटक भएका वार्ता सकारात्मक र सहमति उन्मुख भएपछि शनिबार थप छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै पाँच घण्टा भएको छलफलपछि सहमतिमा पुगिएको भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभएको छ ।

तीन बुँदे सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अगाडी बढाउने, दुई चरणमा चुनाव गर्ने र आइतबार मन्त्रिपरिषद बैठक बसेर यससम्बन्धमा निर्णय गर्ने साथै ३१ गतेको चुनाव त्यही मितिमा गर्ने र मोर्चा चुनावमा ल्याउने वातावरण बनाएर दुई चरणमा चुनाव गर्नेबारे निर्वाचन आयोगसँग छलफल गरेर जेठमा गर्ने गरी मिति तय गर्ने उहाँले जानकारी दिनुभएको छ ।
यस्तै राष्ट्रिय जनता पार्टी (राजपा)का लक्ष्मणलाल कर्णले आइतबारको मन्त्रीपरिषद बैठकबाट हुने निर्णयपछि आफूहरुले आन्दोलन औपचारिक रुपमा स्थगित गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।