0 COMMENTS

काठमाडौं९बैशाख०७४/ काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ । महानगरपालिकाले नौ करोड रुपैयाँको स्टमेट मन्त्रालयलाई बुझाएपछि अर्थले सहमति दिएको हो ।

हाल सरकारसँग रहेका चार वटा ब्रुमरमध्ये दुई वटा थन्किएर बसेका छन् । बाँकी दुईवटा मेलम्चीले पानीको पाइप जथाभावी खनेका कारण सडक बिग्रिएर सञ्चालन गर्न सकिएको छैन । काठमाडौंको बाटो नियमित रूपमा झाडुले बडार्न नसक्ने भएपछि महानगरपालिकाले ब्रुमर खरिद गर्न अगाडि सारेको योजना कत्ति पनि मेल खाँदैन ।

महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ,’ ६ वर्षअगाडि चीनले दिएको बु्रमर अहिले थन्किएका छन्, हामीसँग भएको एउटा अहिले बाटोको खराबीले नियमित चलाउन सकेका छैनौं ।’ महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले तीन महिनाभित्र १० वटा ब्रुमर खरिद गर्ने महत्वाकांक्षी योजना सार्नुभएको हो ।

पौडेलका अनुसार अर्थसँग ३० करोड रुपैयाँ मागिएको थियो । ‘मैले ३० करोड मागेको थिएँ, नौ करोडको सहमति प्राप्त भयो, अब महानगरले थप नौ करोड रुपैयाँ थपेर १८ करोडमा बु्रमर ल्याउँछु, पौडेलले भन्नुभयो, ‘ काठमाडौंको सडक मात्रै होइन पेटीसमेत बडार्न मिल्ने उच्च क्वालिटीको ब्रुमर ल्याउँछु ।’ उनले हाल महानगरपालिका र सडक विभागसँग रहेको बु्रमरको सडक बडार्ने क्षमता न्यून रहेको जानकारी दिनुभयो । ‘अहिले जे-जति बु्रमर छन्, ती सबै गतिलो क्षमताका होइनन्, अब राम्रो आउँछ, पौडेलले भन्नुभयो ।

महानगरपालिकाले भारत पुगेर ब्रुमर खरिद गर्ने योजना बनाएको छ । ब्रुमर खरिदका लागि क्वालिटी हेर्न महानगर प्रमुख पौडेल आफैं जाने तयारीमा छन् । हाल खरिद गर्ने भनिएको बु्रमरले दुई देखि तीन टनसम्मको धुलो बडाडेर थुपार्न सक्ने क्षमताको हुने जानकारी पौडेलले दिनुभयो । ‘अहिले भएकाले काम गरेनन् भन्नु स्वाभाविकै हो, ती न्यून गुणस्तरका हुन्, काठमाडौंको सडक छिद्राछिद्रा परेकाले पनि प्रयोगमा आउन नसकेको हो, अब ल्याउने ब्रुमरले बडार्छ,’ उहाँले भन्नुभयो ।अन्नपुर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।