0 COMMENTS

काठमाण्डाै८ वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी भारतको पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्केकी छन् । भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणमा ३४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै सोमबार भारत प्रस्थान गरेकी थिइन । उनको भारत भ्रमण दुई दिन राजनीतिक र तीन दिन धार्मिक यात्रामा केन्द्रित रह्यो ।

उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र परराष्ट्रका केही अधिकारी बुधबार नै स्वदेश फर्केका थिए ।
भारतमा रहँदा राष्ट्रपति भण्डारीले प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अन्य मन्त्रीगणलगायत विशिष्ठ अधिकारीहरुसँग छलफल गरेकी थिइन ।

राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ दिंदै राष्ट्रपति भवनमा आतिथ्य गराइएको थियो । परराष्ट्र मन्त्रालयले उनको आसन्न भारत भ्रमण दुई मुलुकबीचको सम्बन्ध र सदभाव बृद्धि गर्न फलदायी भएको जनाएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सबै टोली सहभागी भए पनि राष्ट्रपतिको उडिसा र गुजरातको भ्रमणमा टोली संक्षिप्त बनेको हो । त्यहा पनि उनलाई त्यहाँको मुख्य मन्त्रीले भेटेका थिए ।

राष्ट्रपति भण्डारीको भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित बरिष्ठ मन्त्रीहरुसँग भेटघाट तथा सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्ध थप निकटता ल्याएको बताइएको छ ।

भेटमा जलविद्युत, भौतिक पुर्वाधार, अन्तरदेशीय कनेक्टिभिटी तथा भूकम्पपछिको पुनर्निर्माणलगायतका क्षेत्रहरुमा सहयोग आदानप्रदानको समीक्षा हुनुका साथै सहयोगलाई थप विस्तार गर्ने बारेमा छलफल भएको जानकारी यसअघि परराष्ट्रले दिएको थियो ।

लोकतन्त्रको संस्थागत विकास तथा आर्थिक प्रगतिका लागि नेपालले गर्ने हर प्रयासमा भारतको सद्भाव एवं सहयोग रहने प्रतिबद्धता भारतीय प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रीहरूले व्यक्त गरेको जानकारी पनि परराष्ट्रले दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।