0 COMMENTS

काठमाडौं, ८वैशाख०७४/ क्यानडाको इतिहास बोकेको ठूलो ‘स्लिम्स’ नदीको पानी एक्कासि चार दिनभित्र सुकेर हराएपछि वैज्ञानिकहरु अध्ययनका लागि त्यसको मुहानतर्फ गएका छन् ।

वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएको बताएका छन् ।वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएपनि एक्कासि कुनै लक्षणबिना चार दिनभित्र पूरै नदीको पानी हराउनुलाई रिभर पाएरेसी अर्थात् ‘नदीको चोरी’ भनेर सम्बोधन गरेका छन् ।

कास्काबुल्स ग्ल्यासियर मुख्य मुहान रहेको करिब १५० मिटर फराकिलो स्लिम्स नदी क्यानडामा सयौं वर्षदेखि बहिरहेको थियो । तर, अहिले एकाएक नदी सुकेर एक थोपा पानी नबगेपछि त्यहाँका मानिसहरु अचम्मित भएका छन् ।‘द गार्जियन’को रिपोर्टमा मौसममा आएको परिवर्तनका कारण नदीको मुहान कास्काबुल्स ग्ल्यासियरमा सबै हिउँहरु पग्लेको र त्यसले नदीको बहाव बढेपछि नदीले आफ्नो धार फेरेपछि सयौं वर्ष पुरानो नदी सुकेको उल्लेख गरिएको छ ।नदीको बहाव ठूलो भएपछि नदीले स–साना धार बनाउँदै बगेपछि ठूलो नदी एकाएक चार दिनमै हराएको हो ।

वैज्ञानिकहरुले पुरानो स्लिम्स नदी अब स–साना नदी बनेर अलास्कको खाडीतर्फ अघि बढिरहेको बताएका छन् ।वैज्ञानिकहरुले नदीको धार परिवर्तन हुन समय लाग्ने बताउँदै जलवायुमा आएको परिवर्तनका कारण एक्कासि नदीले धार परिवर्तन गरेको बताएका छन् ।

उनीहरुले यसको प्रभाव लाखौं मानिसहरुलाई प्रत्यक्ष पर्ने भएकाले त्यस क्षेत्रमा पानीको संकट समाधान गर्न वैज्ञानिकहरुले क्यानडा सरकारलाई सुझाव दिएका छन् ।एेजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।