0 COMMENTS

काठमाडौं ८बैशाख०७४/ धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । उपाधिको लागि पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर किङ्स भिड्दै छन् ।

खेल अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार ११ बजे सुरु हुनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । फइनल खेल अघि शुक्रबार प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानहरुले राम्रो खेल खेल्दै उपाधि जित्ने दाबी गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा भएको एस चौथो संस्करणको विजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उप–विजेताले भने ७ लाख पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।