0 COMMENTS

पाँचथर८, वैशाख ०७४ /पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।