0 COMMENTS

काठमाडौं ८ बैशाख २०७४/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको संवेदनशीलतालाई बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले मुलुकलाई निर्वाचनमय बनाउन संचार माध्यामहरुले अग्रणी भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे ।

आसन्न स्थानीय तहको निर्वाचनको समाचार सम्प्रेषणबारे संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन पनि संचार माध्यामको भूमिका अग्रणी हुने विश्वास व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त यादवले यतिखेर संचार माध्यम अघिअघि र मतदाताहरु पछिपछि निर्वाचन अभियानमा जुटेको आफूलाई अनुभूति भएको पनि स्मरण गराए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको यो बेला भूल सुधार गर्नुपर्ने ढंगले समाचार सम्प्रेषण नगरिदिन पनि संचारकर्मीमाझ आग्रह गरे । उनले आयोग प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै दलीय चुनाव प्रचार प्रचारको अभियानमा नलाग्न पनि संचारकर्मीहरुसँग आग्रह गरे ।

निर्वाचन आयोगले बैशाख १६ गतेबाट देशभरको स्थानीय तहको उम्मेदवारी मनोनयन हुने र त्यसपछि प्रचार प्रचार अभियानको क्रममा निर्वाचन आचारसंहिता उलंघनका घटना बढन सक्ने भएकाले त्यसतर्फ सचेत भएर समाचार सम्प्रेषण गर्न पनि संचार माध्यामलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न गर्न गत फागुन १८ गते नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।